शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटमाथिको छलफलका लागि बागमती प्रदेश सभाको बैठक बस्दै

बैठक अवरुद्ध पर्ने पक्षमा एमाले
आइतबार, १२ असार २०७९, ०८ : ४७
आइतबार, १२ असार २०७९

 बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट माथि छलफलका लागि दिउँसो २ बजे बैठक आह्वान गरिएको छ ।

गत असार २ गते बसेको प्रदेशसभाको बैठकमा बजेटमाथि सामान्य छलफल प्रारम्भ भएको थियो भने आजको बैठकमा बजेटमाथि मन्त्रालयगत रुपमा छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो ।

बैठक अवरुद्ध पार्ने पक्षमा एमाले

बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रदेशसभाको बैठक चल्न नदिने पक्षमा देखिएको छ । एमालेले प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि राख्दै प्रदेशसभाको आजको बैठक अवरुद्ध पार्ने पक्षमा देखिएको हो ।

सरकारले आगामी वर्षको बजेटमा चुनावी प्रचार मुखी र आफ्ना दलका कार्यकर्ता पोस्ने प्रकृतिको ल्याएको र बजेटमा प्रदेश सरकारले पक्षपात गरेको भन्दै विरोध गर्दै आएको छ । सरकारले बजेटमा प्रतिपक्षी दललाई समेत वेवास्ता गरेर बजेट ल्याएको एमालेको आरोप छ ।

प्रदेश सरकारले बजेटमा १३ वटा जिल्लाका नागरिकहरुलाई समेत विभेद गरेको एमालेको भनाई छ । एमालेले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलको गृहजिल्ला धादिङका लागि सबैभन्दा धेरै बजेट छुट्याएको र अन्य जिल्लालाई विभेद गरेको आरोप रहेको छ ।

एमालेले बजेट माथिको छलफलका लागि आह्वान गरिएको आजको बैठकमा आफ्ना सांसदहरु उपस्थित नहुने संकेत बताएको छ । एमाले प्रदेश सरकारले बजेट नसच्याएसम्म प्रदेशसभा बैठक संचालन गर्न नदिने संसदीय दलको बैठकले समेत छलफल भएको बताइएको छ । केही दिन अघि मात्र बसेको एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले सरकारको विभेदकारी नीति नसच्याएसम्म प्रदेशसभा चल्न नदिने निर्णयमा पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप