शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जिसस रौतहटमा गठबन्धन उम्मेदवार प्यानलसहित विजयी

आइतबार, १२ असार २०७९, १५ : ३५
आइतबार, १२ असार २०७९

जिल्ला समन्वय समिति (जिसस) रौतहटमा गठबन्धन उम्मेदवार प्यानलसहित विजयी भएका छन् । आइतबार सदरमुकाम गौरमा भएको निर्वाचनमा काँग्रेस,समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित विजयी भएका हुन् । 

१८ स्थानीय तहको कुल ३६ मत भएको निर्वाचनमा काँग्रेसबाट सभापति पदका उम्मेदवार​ रामअयोध्या यादवले कुल २६ मत प्राप्त गरी विजयी भए । त्यसैगरी उपसभापतिमा समाजवादीका महेश बैठा कुल २५ मत प्राप्त गरेर भए । सदस्यतर्फ काँग्रेसका अशोक कुमार झा, ईन्दु देवि, बिजुलिया पाश्वान र शेख मोज्जमिल जनही २५ मत प्राप्त गरेर विजयी भए । 

अन्य सदस्यहरुमा समाजवादीका किरण देवि पण्डित,सरफलाल यादव र माओवादीका महिला सदस्य कमला ढकाल विजयी भएको नेपाली काँग्रेसका नेता अर्जुन यादवले रातोपाटी बताए । दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा गठबन्धनको २४ एमालेको ५ र जसपा लोसपाको ७ मत रहेको थियो । तर आइतबार भएको निर्वाचनमा जम्मा ३१ मत मात्र खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप