शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध लागूऔषधसहित छ जना पक्राउ

आइतबार, १२ असार २०७९, १६ : ११
आइतबार, १२ असार २०७९

कञ्चनपुर, मोरङ र कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित छ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ सालघारीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४८ ग्राम ४५ मिलिग्रामसहित  एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका–७ हल्दुखाल बस्ने २६ वर्षीय किशन दमाई रहेका छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा किशनलाई नगद १० हजार ३० रुपैयाँ र उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

मोरङको बुढीगंगा गाउँपालिका–६ घेराबनीबाट करिब ८ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दर हरैँचा नगरपालिका–३ बस्ने ४५ वर्षीय नेत्र भट्टराई रहेका छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र राना, २१ वर्षीय सुरज राना र २ जना १८ वर्षीय किशोर रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप