मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीमा सरकारी भवन पहिरोले भत्कायो

आइतबार, १२ असार २०७९, २२ : ४०
आइतबार, १२ असार २०७९

गुल्मीको ठुलोलुम्पेक गाउँमा निर्माण सकिनै  लागेको सरकारी भवन भत्किएको भत्काएको छ । आइतबार साँझ परेको अविरल वर्षापछि बगेको पहिरोका कारण भवन भत्किएको हो । जिल्लाको  सत्यवती गाउँपालिका–३, ठुलो लुम्पेकको घारा डाँडामा  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कफी जोन कार्यक्रम अन्तर्गत निर्माण भएको कफी  प्रशोधन केन्द्रको भवन भत्किएको हो ।  

वडाध्यक्ष जितबहादुर तरामुका अनुसार यसै आर्थिक बर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट  कफी प्रशोधन केन्द्र भवन निर्माणका  लागि  करिब २० लाख  रकम परेको थियो । भवन निर्माणको काम सकेर  कफी प्रशोधन गर्ने मेशिन मगाएर उद्घाटनको तयारी भैरहेका बेला भवन भत्किएको हो । माथिबाट एक्कासि खसेको पहिरोले  पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप