शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनता वाम एकताको पक्षमा छन्, यो गठबन्धन धेरै टिक्दैनः लामा

सोमबार, १३ असार २०७९, १७ : २५
सोमबार, १३ असार २०७९

नेकपा एमालेका नेता एवम् बागमती प्रदेशसभा सदस्य दावा दोर्जे लामाले जनताले वाम एकता खोजेको बताएका छन् । बागमती प्रदेशको पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहेका लामाले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयगत मन्त्रालय माथिको छलफलका क्रममा वर्तमान सत्तारुढ गठबन्धन धेरै समय नटिक्ने बताएका हुन् ।

‘जनता बाम एकताको पक्षमा छन् । त्यसैले यो गठबन्धन धरै दिन टिक्दैन ।’ उनले भने, ‘सरकारले निरंकुशताको बाटो रोजेको छ । म सरकारमा रहेका साथीहरुलाई स्मरण गराउन चाहन्छु छिट्टै नै राणा काल र पञ्चायतको हालत वर्तमान गठबन्धनको हुन्छ । तपाई हामीलाई थाहा छ, जनताको अहितमा काम गर्ने कुनैपनि शासन सत्ता लामो समयसम्म टिकेको छैन । त्यसैको उपज हो अहिले देशमा न राणा काल छ न पञ्चायत ।’

उनले वर्तमान सरकारले ल्याएको बजेट जनताको हितमा नभएको बताए । उनले सरकार आफ्ना कार्यकर्ता पाल्ने कामका लागि मात्र योजनाहरु ल्याएको बताए ।

नेता लामाले सरकारले कृषि क्षेत्रको विकासका लागि कृषकहरुलाई दिँदै आएको अनुदानहरू कटौति गरेर त्यसको बदलामा कार्यकर्तालाई पोस्ने गरी टुक्रे योजनाहरु समावेश गरेको आरोप लगाए । उनले कृषि अनुदान वितरणमा गलत नियत राखेर काम गर्नेहरुलाई कानुनी कारवाहीमा ल्याउन नसकेर सरकारले कृषकलाई मार पर्ने गरी अनुदान नै खारेज गरेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप