जी–७ समूहको सम्मेलन : युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता
मङ्गलबार, १४ असार २०७९, ११ : ४५
जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका सात धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन् । एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी– ७ समूहले माग गरेको छ ।
भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपतिले पश्चिमा देशहरूबाट थप भारी हतियारको लागि अपिल गरे ।
जी–७ नेताहरू बढ्दो रूसी आक्रमणविरुद्धको आफ्नो दृष्टिकोणमा एकजुट हुन दबाबमा छन् । ‘हामी आर्थिक, मानवीय, सैन्य र कूटनीतिक सहयोग जारी राख्नेछौं र युक्रेनलाई जति समय लाग्छ त्यसको साथमा उभिनेछौं’, उनीहरूले विज्ञप्तिमा भनेका छन् ।
‘हामी बेलारुसको सहयोगमा रुसद्वारा युक्रेन विरुद्धको क्रुर, अव्यावहारिक, अनुचित र गैरकानूनी आक्रामक युद्धको निन्दा गर्छौं’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण