शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डुबानका कारण विराटनगरका १५ सय घर परिवार विस्थापित

१ जनाको मृत्यु, उद्धार समितिको आकस्मिक बैठक बोलाइयो
मङ्गलबार, १४ असार २०७९, १५ : १४
मङ्गलबार, १४ असार २०७९

मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण विराटनगरमा सयौँ घर परिवार विस्थापित भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले दिएको जानकारी अनुसार विराटनगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन् । 

यस्तै सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा ६ कै ५८ वर्षीय रामबहादुर विक हुन् । 
दाहालले दिएको जानकारी अनुसार सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका कतिपय वस्तिहरु पनि बाढीका कारण कटान र डुबानको समस्यामा परेको बताए ।
जसका कारणले सयौं घर परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार र राहतको काम अहिले पालिकाहरुले गरिरहेको र जिल्ला प्रशासन कार्यालयले दैवि प्रकोप उद्धार समितिको आकस्मिक बैठक बोलाएको उनले बताए । 
‘हामीले पनि आवश्यक राहत सामाग्री त्रिपाल तथा खाद्यान्नहरूको व्यवस्थापन गरिरहेका छाैं,’ दाहालले भने, ‘दिउँसो ३ बजेका लागि जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठक राखिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप