हाइब्रीडको प्रयोगले स्थानीय जातका धान लोप भए : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले हाइब्रीड जातको धनको बिउको प्रयोगले नेपालमा पाइने स्थानीय जातका धान लोप हुँदै गरेको बताएका छन् ।
उनले बुधबार मनाइँदै गरिएको राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आयातित हाइब्रीड जातका धानको बिउको प्रयोगका कारण नेपालमा पाइने लगभग २ हजार जातका धानमध्ये सयौं प्रजाति लोप हुने अवस्थामा पुगेको बताए ।
प्रदेश प्रमुख शर्माले शुभकामना सन्देशमा हाम्रो मुख्य खाद्यान्न बाली धानको संरक्षण गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमुखी कृषिलाई व्यावसायिकतातर्फ अगाडी बढाउने सवालमा राज्यका निकायहरुको ध्यान जानु अझ आवश्यक रहेको बताएका छन् ।
प्रदेश प्रमुख शर्माले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस दिवसबाट हामीलाई प्रेरणा प्राप्त होस् भन्दै कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।
‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्येको एक दिनका रुपमा विगत १८ वर्षअघि नेपाल सरकारले राष्ट्रिय धान दिवस घोषणा गरी मनाउन थालेको हो' शुभकामना सन्देशमा उल्लेख छ ।
सरकारले हरेक वर्ष धान दिवसलाई विषेश महत्व दिएर मनाउँदै आएको उनको शुभकामना सन्देशमा उल्लेख छ ।
‘हामी विशेष महत्वका साथ यो दिवस मनाउँदै आइरहेका छौं । यो अवसरमा सम्पूर्ण देशवासीका साथै बागमती प्रदेशवासी कृषक दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’शर्माले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण