शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य राज्य मन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्सरे डीआर मेसिनको उद्घाटन

बुधबार, १५ असार २०७९, १८ : ५१
बुधबार, १५ असार २०७९

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा एक्सरे डीआर मेसिनको उद्घाटन गरेका छन् ।  एक्सरे डीआर मेसिनको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री केसीले एक्सरे डीआर मेसिनको पूर्ण उपयोग गरेर  बिरामीलाई सेवा दिनुपर्ने बताए ।

ट्रमा सेन्टरलाई एमआरआई मेसिन उपलब्ध गराउन पहल गर्ने समेत उनले बताएका छन् । यस्तै, उनले ट्रमामा २५ बेडको आइसीयू बनाउन र थप एक सय शैया बनाउने योजना बनाएको राज्यमन्त्री केसीले बताएका हुन् । यस्तै, ट्रमा सेन्टरका निर्देशक डा.प्रमोद कुमार यादवले एक्सरे डीआर मेसिन प्रयोगमा आउने बताए ।

ट्रमाका बिरामीहरुको डीयोग्राफी इमेज निकाल्न सकिन्छ । यो अटोमेटिक र पूर्ण प्रविधिमैत्री डीजीटलाइज्ड रेडियोग्राफी उपकरण हो । यसले विरामीहरुको प्रभावकारी ढंगले इमेज खिच्न सक्ने र ओभर लोड प्रोटेक्सनको पनि क्षमता रहेको सूचना अधिकारी अर्जुनप्रसाद भेटुवालले जनाकारी दिए ।  

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप