गायक विपुल क्षेत्री ग्रामीको सदस्यमा मनोनित
बुधबार, १५ असार २०७९, २० : ३९
गायक विपुल क्षेत्री विश्व प्रतिष्ठित संगीत अवार्ड ग्रामीको सदस्यमा मनोनित भएका छन् । रेकर्डिङ एकेडमीले क्षेत्रीलाई भोटिङ अधिकारसहित सदस्यतामा मनोनित गरेको हो । जसको जानकारी गायक क्षेत्रीले सामाजिक संजाल मार्फत दिएका छन् ।
एकेडमीले क्षेत्रीलाई यसै साता सदस्य बन्न निम्तो समेत दिएको छ । जसलाई स्वीकारेको उनले बताएका छन् । ‘हामी सबै ग्रामी हेरेर हुर्किएका छौ । यसको एक हिस्सा हुन पाउँदा खुसी छु’ क्षेत्रीले अगाडि भनेका छन् ‘हाम्रो संगीत समुदायको सेवा गर्ने, उत्सव मनाउने र वकालत गर्ने अनगिन्ती सृजनाकर्ता र पेशेवरसँग सामेल हुने निमन्त्रणा स्वीकार गर्दछु ।’
भारतको कालिम्पोङमा जन्मिएका क्षेत्रीले २०१४ बाट गायन करिअर थालेका थिए । उनका गहिरो गहिरो, आशिष, टिस्टा लगायतका गीत हिट मानिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण