शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महाराष्ट्रमा बीजेपीसँगको नयाँ सरकारबारे के भन्छन् शिन्दे ?

बिहीबार, १६ असार २०७९, १२ : ५२
बिहीबार, १६ असार २०७९

उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि महाराष्ट्रमा नयाँ सरकार गठनको हलचल सुरु भएको छ । यसैबीच शिवसेनाका विद्रोही नेता एकनाथ शिन्देले अहिलेसम्म भाजपासँग मन्त्री पदको विषयमा कुनै छलफल नभएको बताएका छन् ।

ठाकरेले बुधबार राजीनामा दिएपछि मन्त्री पदका लागि नामबारे अड्कलबाजी सुरु भएको थियो । अब एकनाथ शिन्देले मन्त्रीहरूको नामको सूचीमा विश्वास नगर्न भनेका छन् । एकनाथ शिन्देले ट्वीट गर्दै भने, "कसलाई मन्त्री बनाइन्छ र कसलाई कति मन्त्री दिने भन्ने विषयमा बीजेपीसँग कुनै छलफल भएको छैन। छिट्टै विचार गरिनेछ। त्यतिन्जेल मन्त्रीहरूको सूचीमा विश्वास नगर्नुहोस्।"

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप