‘पछ्यौरी’ मा इन्दिराको बोल्ड अवतार
बिहीबार, १६ असार २०७९, १७ : ०९
केही साता अगाडि विवाह बन्धनमा बाँधिएकी गायिका इन्दिरा जोशीले आफूले दर्शकको माया पहिले झै पाउने विश्वास व्यक्त गरेकी छन् । विवाहपछि पहिलो पटक बिहिबार सार्वजनिक कार्यक्रममा सहभागी भएकी उनले ‘पछ्यौरी’ बोलको नयाँ गीत समेत ल्याएकी छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा गीत भिडियोसहित सार्वजनिक गरिएको छ । कार्यक्रममा उनी रातो सारीमा सिउँदोमा सिन्दुर सजाएर सहभागी भएकी थिइन् । १२ वर्ष अगाडि ‘रातो घाँघर’ बोलको गीत ल्याएकी उनले यस पटक ‘पछ्यौरी’ बोलको गीत बनाएकी हुन् । उनकै शब्द तथा संगीत रहेको गीत लोकपप शैलीमा छ ।
गीतको भिडियोमा प्रविण सिंहको कोरियोग्राफी तथा निर्देशन छ । जसमा उनले इन्दिराले निराजन प्रधानसँग जोडी बाँधेकी छन् । भिडियोमा उनको बोल्ड रुप देख्न सकिन्छ । हरि हुमागाँइको छायांकन रहेको भिडियो प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण