शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीद्वारा नेपाल–भारत सिमानामा काँडेतार लगाउन माग

बिहीबार, १६ असार २०७९, १७ : ३३
बिहीबार, १६ असार २०७९

 नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलाले लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत देशभर भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्न र नेपाल–भारत सीमामा काँडेतार लगाउन माग गरेको छ । विहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचत अध्यक्ष मिलन राईले यस्तो माग गरेका हुन्।

अध्यक्ष राईले शैक्षिक घोषणापत्र तयार पार्ने, वैज्ञानिक समाजवादी शिक्षाका अवधारणा सार्वजनिक गर्ने कार्यक्रम पनि सो अवसरमा सार्वजनिक गरे ।  विप्लवतर्फ लक्षित गर्दै उनले कुनै एक्ले वीरले नभएर जनता र क्रान्तिकारी शक्तिको बलमा क्रान्ति सम्पन्न हुने बताए ।

अखिल क्रान्तिकारीकी नवनिर्वाचित महासचिव रूपा बुढामगरले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सङ्गठनका उपाध्यक्ष वीरेन्द्र शाह, सचिव नवराज भट्ट र कोषाध्यक्ष दीपक बिष्टले पनि विप्लव समूहमा आबद्ध अखिल क्रान्तिकारीबाट विद्रोह गर्दै नयाँ सङ्गठन निर्माण गर्नुपर्ने कारण र अबको विद्यार्थी आन्दोलनको स्वरूपका बकारेमा चर्चा गरेका थिए । भेलाले राईको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप