अस्पतालका कर्मचारी बोकेको बस बनेपामा दुर्घटना, १ जनाको मृत्यु
बिहीबार, १६ असार २०७९, १८ : २६
काभ्रेको बनेपा नगरपालिका–११ मा बस दुर्घटना भएको छ । बाल अपांग अस्पताल बनेपाका कर्मचारी सवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको काभ्रेका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा भक्तपुरको लोकन्थली घर भएकी ५३ वर्षीया लेख कुमारी बस्नेत छिन् । अस्पतालका स्टाफ बोकेर ओरालो झर्ने क्रममा बा.१क ५७४७ नम्बरको बस सडकबाट ७ मिटर तल झरेर रुखमा अड्किएको छ । दुर्घटनामा ३८ जना घाइते भएका छन् ।
घाइतेहरुमध्ये २१ जनाको शिर मोमोरियलमा उपचार भइरहेको छ । भूमि अस्पतालमा ७ जना, धुलिखेल अस्पतालमा ८ जना र बाल अपांग अस्पतालमा ३ जनाको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा