
सिकलसेल रोगको स्थायी समाधान गर्न लुम्बिनी सरकारले कार्यक्रम ल्याउँदै

लुम्बिनी प्रदेश सरकारले सिकलसेल रोगको स्थायी समाधान गर्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सिकलसेल रोगको निवारण गर्न दीर्घकालीन योजना ल्याउने जनाएको हो ।
थारु समुदायमा देखिने गरिएको सिकलसेल रोगलाई निवारण गर्न प्रदेश सरकारले विशेष योजना बनाएको हो । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले बच्च जन्मिने बित्तिकै सिकलसेल भए नभएको परीक्षण गरिने बताए । उनले प्रदेशका ८ अस्पतालबाट सिकलसेल रोगको उपचारका लागि सिकलसेल परामर्श केन्द्र स्थापना गरिएको बताए ।
यस्तै निःशुल्क रक्त सञ्चार सेवा सञ्चालन सुरु भएको उनले बताए । त्यसका लागि आगामी आर्थिक वर्षको लागि २ करोड बजेट विनियोजन गरिएको छ । उनले प्रदेशभित्र चल्ने १२० एम्बुलेन्समा ट्रयाकिङ सिस्टम जडान गरिएको बताए । मन्त्रालयका सचिव डा। विकास देवकोटाले ४३ वटा निकायहरूबाट प्रदेशमा स्वास्थ्य सेवा प्रदान गर्दै बिरामी र मृत्युदरको सङ्ख्या घटाउनको लागि काम गरिरहेको बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ