
शेखर समूहले भन्यो–देउवाले पार्टीभित्र एकलौटी गरे, ‘रचनात्मक विद्रोह’ हुनसक्छ

नेपाली काँग्रेसमा डा.शेखर कोइराला समूहले विद्रोहको चेतावनी दिएको छ । बिहीबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला पक्षको बैठकले पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कोइराला समूहले विद्रोहको चेतावनी दिएको हो ।
बैठकपछि बोल्दै कांग्रेस नेता चन्द्र भण्डारीले भेलामा रचनात्मक बिद्रोह (कन्स्ट्रक्टिभ रिभोल्ट) गर्नुपर्ने कुरा समेत उठेको बताए । उनले कस्तो खालको विद्रोहको गर्ने र आगामी कदम के हुने भन्ने बारेमा शुक्रबारको बैठकले टुंगो लगाउने बताए ।
यस्तै बैठकले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको निष्कर्ष निकालेको छ । बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढेको निकालेको हो । पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए ।
शेखर पक्षको बैठक शुक्रवार अपरान्ह पुनः बस्ने छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ