
मकवानपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुरमा भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना भएको छ । कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाख नजिकै फलाम बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो कान्तिलोकपथ सडकखण्डमा हेटौडा बाट ठिंगनतर्फ जाँदै गरेको सि जी ०७ बि अच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक सडक बाट अन्दाजी २००/२५० मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा ट्रक चालक भारतको पट्ना जिल्ला महाबलिपुर बस्ने ४० बर्षीय सुरेन्द्र यादव रहेको मकवानपुर प्रहरीले बताएको छ । ट्रक चालकको शव गाडिको स्ट्रेरिङमा अड्केर रहेको र ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने १८ बर्षीय अजित यादव भने हामफालेर बाचेको जनाइएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ