बर्दियास्थित नेपाल–भारत सीमानामा गोली चल्यो, एक नेपालीको मृत्यु
शुक्रबार, १७ असार २०७९, २० : ३५
बर्दियास्थित नेपाल भारत सीमानाको जंगलमा गोली चलेको छ । गोली लागेर निउरो टिप्न गएका एकजनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ घर भएका ५४ वर्षका हेमराज गोडियाको उपचारको क्रममा मृत्यु भएको बर्दियाका एसपी बीरेन्द्रबहादुर शाहीले रातोपाटीलाई बताए ।
असार १६ मा बिहान ११ बजे गोडिया निउरो टिप्न भारतर्फका कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीमा निउरो टिप्न गएका हुन् । साँझ पौने ८ बजेतिर उनले आफुलाई गोली लागेको भन्दै लिन आउन परिवारलाई खबर गरेका थिए । पत्नी र छोराले ल्याएर गुलरिया अस्पतालमा भर्ना गरे । उपचारको क्रममा उनको मृत्यु भएको छ ।
दायाँ खुट्टाको घुँडाभन्दा माथि गोली लागेको र घटनाबारे अनुसन्धान भइरहेको एसपी शाहीले बताए । एसपी शाहीले भने–‘भारतीय सुरक्षा अधिकारीहसँग पनि समन्वय गरेर अनुसन्धान गरिरहेका छौं ।’ गोली चलाउनेको पहिचान खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल