शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंकको ज्योति रिकरिङ्ग खाता संचालनमा

आइतबार, १९ असार २०७९, १७ : ५४
आइतबार, १९ असार २०७९

ज्योति विकास बैंकले "ज्योति रिकरिङ्ग डिपोजिट” निक्षेप योजना संचालनमा ल्याएको छ। ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदर सहितको ज्योति रिकरिङ्ग खाता संचालनमा ल्याइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उक्त योजना अन्तर्गत ग्राहकहरुले आवश्यकता अनुसार १ वर्ष देखि १० वर्ष सम्मका लागि मासिक रुपमा रकम जम्मा गर्न सक्नेछन्। व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस खातामा मासिक रुपमा न्यूनतम रु. ५०० का दरले क्रमिकरुपमा रकम जम्मा गर्दै जान सकिने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप