महिलालाई अखाद्य जुस खुवाएर लुटेको आरोपमा पक्राउ
महिलालाई प्रेम जालमा पारेर ‘लुट धन्दा’ चलाएको आरोपमा प्रहरीले बाराको प्रसौनीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका घर भएका ३६ वर्षीय रसिक राय भाट छन् । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा आरोपीविरुद्ध पीडितले जाहेरी दिएकी छन् ।
वैशाख ५ मा रसिक रायले चन्द्रनिगाहपुरस्थित राठा हाउस एण्ड गेष्ट हाउसमा एकजना महिलालाई प्रेमको बहाना गरेर भेट्न बोलाए । आफुलाई राजेन्द्र अधिकारी नाम बताएका रसिकले भेट्न गएकी महिलालाई जुसमा अखाद्य वस्तु खुवाएको र महिला बेहोस भएपछि लुटेर भागेका थिए । आरोपीबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तुकुमार जैसवारले रातोपाटीलाई बताए ।
बसमा कन्डक्टर रहेका रसिक रायले प्रेमको बहाना गरेर महिलालाई भेट्न बोलाउँथे । भेट्न गएपछि बेहोस बनाउने औषधी मिसाएको जुस खुवाएर गहना र सुन लुटेर भाग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
शनिवार पक्राउ परेका रसिक रायले झापा र बागलुङमा पनि त्यसैगरी लुटेको थाहा भएको डिएसपी जैसवारले जानकारी दिए । चन्द्रनिगाहापुरमा उनले पीडित महिलाकै नामबाट गेस्ट हाउसमा कोठा बुक गरेका थिए । बागलुङमा अपहरण, बलात्कार तथा लुटपाट मुद्दा खेपेर उनी रिहा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर