अश्लिल दोहोरी गाउने कलाकारले मागे माफी
अश्लिल लाइभ दोहोरी गाउने करिब डेढ दर्जन कलाकारले माफी मागेका छन् । अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोपमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले स्पष्टीकरण सहितको पत्र काटेपछि उनीहरुले माफी मागेका हुन् ।
आइतबार राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको कार्यालयमा उपस्थित भएर उनीहरुले माफी मागेको प्रतिष्ठानका विकृति विसंगति रोकथाम कार्यदलका संयोजक शिव हमालले जानकारी दिए । ‘प्रतिष्ठानले अश्लिल गीत गाएको आरोपमा २० कलाकारलाई पत्र काटेर स्पष्टीकरण सोधेको थियो’ हमालले थपे ‘तीमध्ये केही बाहेक धेरैले स्पष्टीकरणसहित माफी मागेका छन् । आइन्दा गल्ती नदोहोर्याउने र गरिरहेकालाई समेत सिकाउने भन्दै प्रतिबद्धता सहित कलाकारले माफी मागेको हमालको भनाई छ ।
हुन त यस अगाडि यस्ता माफी र स्पष्टीकरणको श्रृखंला नभएको हैन । तर लाइभ दोहोरीमा छाडा र अश्लिलपन भने रोकिएको छैन । ‘लाइभ दोहोरी छाडा र अश्लिल बनाउनेलाई कानुनी कारवाही कारवाहीको समेत व्यवस्था छ । एकपटकलाई माफीमा छोडियो । गल्ती दोहोरिए कानूनी कारवाही हुन्छ’ हमालले थपे ।
प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको बिषयमा रातोपाटीले केही श्रृखंलाबद्ध स्टोरी बनाएपछि प्रतिष्ठानले शुद्धीकरण थालेको हो । यस अगाडि प्रतिष्ठानले यसै बिषयमा अन्र्तक्रिया कार्यक्रम समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण