ad
x

इटालीमा हिमनदी फुट्दा ६ जनाको मृत्यु

person explore access_timeअसार २०, २०७९ chat_bubble_outline0
सांकेतिक तस्बिर

उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी फुट्दा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन्। सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो । यस क्षेत्रका केही भागहरू समुद्री सतहमा ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) पार गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।  


मार्मोलाडाको शिखरमा तापमान लगभग १० डिग्री सेल्सियस (५० डिग्री फरेनहाइट) थियो । सामान्यतया आल्प्सको अग्ला चुचुराहरूमा तापक्रम वर्षैभरि ० डिग्री सेल्सियस (३२ डिग्री फरेनहाइट) भन्दा कमी रहन्छ।
इटालीको नहर शहर क्षेत्र भेनेटोमा नागरिक सुरक्षाका क्षेत्रीय काउन्सिलर जियानपाओलो बोटासिनका अनुसार, मृतक र बेपत्ता भएका  भनिएका बाहेक कम्तीमा पनि आठजना घाइते भएका छन् जसमा एक जनाको अवस्था गम्भीर छ।
मारमोलाडाको चुचुरो समुन्द्र सतहबाट ३,३४३ मिटर (लगभग ११,००० फिट) उचाइमा छ ।  दुर्घटना दिउँसो १.४५ बजे भएको थियो ।  उक्त हिमनदीमा रहेको आइस शेल्फ भत्किँदा हिउँ, बरफ र चट्टानको पहिरोले पर्वतारोही र पदयात्रीहरूको थुप्रै समूहलाई घेरेको थियो । उक्त क्षेत्रमा थप पहिरोको जोखिम रहेको अधिकारीहरुले बताएका छन् ।



घाइतेहरूलाई बेलुनो, ट्रेभिसो, ट्रेन्टो र बोलजानो शहरका नजिकैका अस्पतालहरूमा लगिएको छ ।  उद्धारकर्ताहरूले हेलिकप्टर, सिकारी कुकुरहरू र अत्याधुनिक ग्लोबल पोजिसनिङ प्रविधिहरू प्रयोग गरेका थिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।