शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

असार मसान्तमा बजेट सक्ने परिपाटीको अन्त्य हुनुपर्छ : अनिता देवकोटा

सोमबार, २० असार २०७९, १४ : ३५
सोमबार, २० असार २०७९

नेपाली काँग्रेसकी सांसद अनिता देवकोटाले विकास बजेटलाई असार मसान्तमा आएर सक्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएकी छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै सांसद देवकोटाले आर्थिक वर्षको अन्त्यमा धमाधम विकास बजेटहरु खर्च गर्न थालिएको बताइन् ।

उनले वर्षदिनसम्म काम नगरेर बजेट फ्रिज हुने बहानामा असारमा मात्रै खर्च गर्ने परिपाटीले विकासको गतिलाई तीब्रता दिन नसकिने र दिगो विकास नहुने भएकाले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने बताइन् । उनले काम गर्ने अख्तियारी पाउनेले आर्थिक वर्षको शुरुमै  काम गर्न र बजेट खर्च गर्न पाउने व्यवस्था गर्नसके असारमा मात्रै खर्च गर्ने प्रवृत्ति निरुत्साहित हुने बताइन् । 

सांसद देवकोटाले खेतीको सिजनमा पनि मल नपाएकाले किसानहरु चिन्तित रहेको बताइन् । उनले समयमै मल उपलब्ध गराउन सरकारको ध्यान जानु जरुरी रहेको बताइन् । मल ल्याउने प्रक्रिया लामो भएकाले पनि मल आउन नसकेको उल्लेख गर्दै उनले फास्ट ट्रयाकबाट रासायनिक मल ल्याउनुपर्ने बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप