गीत ‘हाम्रो पनि मन हुन्छ’ मा दृष्टिबिहीनहरुको कथा
सोमबार, २० असार २०७९, १९ : ०८
‘हाम्रो पनि मन हुन्छ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतकार डी. पी. दाहाल परिश्रमीको शब्द रहेको गीतमा दृष्टिबिहीनहरुको मन भित्रका भोगाइहरूलाई प्रस्तुत गरिएको छ ।
प्रत्यक्षरूपमा आँखा देख्नेहरुले आँखा नदेखि विवश भएकाहरुलाई अन्तरमनदेखि नै माया गरौँ, उनीहरुले बाहिरी आँखा नदेखे पनि भित्री आँखाले सबै देखिरहेको हुन्छ भन्ने कुरा गीतले बोल्छ । गायक दिपक लिम्बु, गायिका पूजा देवकोटाको स्वर, पुरुषोतम न्यौपानेको संगीत, केशब बडूको एरेन्ज छ । भिडियो स्मृती तिमिल्सेना (गुरुआमा)ले निर्देशन गरेकी हुन् ।
भकमल सिंह र आयुष्मा कार्कीको अभिनय रहेको भिडियो डिलाईटेड नेपालको ब्यानरमा प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल रहेको भिडियोमा सम्पादन(कलर प्रकाश धमला र क्यामरामा सुरेश श्रेष्ठ रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण