शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

रामचन्द्र र लक्ष्मीको ठुली सार्वजनिक

बुधबार, २२ असार २०७९, ११ : २९
बुधबार, २२ असार २०७९

गायक रामचन्द्र काफ्ले र गायिका लक्ष्मी मल्लको स्वर रहेको गीत ‘ठुली’ सार्वजनिक भएको छ । पशुपति म्युजिकबाट सार्वजनिक गीतमा शब्द/संगीत श्रीकृष्ण बम मल्लको रहेको छ । 

श्रीकृष्ण बम मल्लको यस अगाडि बजारमा आएको ‘डाँडाघरे साइली’ ले राम्रो चर्चा पाएको थियो । ठुलीले पनि राम्रो चर्चा पाउने अपेक्षा मल्लले गरेका छन् । गीतको संगति संयोजन योगेश काजी हुन् । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा पुष्पा खड्का, जुना सुन्दास, एरोना मल्ल, रामचन्द्र काफ्ले र श्रीकृष्ण बम मल्लको अभिनय छ । बुद्द थापाले छायाङ्कन गरेको भिडियो विकास ज्ञवालीले सम्पादन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप