कार्तिक ४ मा ‘के घर के डेरा’ रिलिज हुने

दीपेन्द्र के. खनालको निर्देशित पछिल्लो फिल्म ‘के घर के डेरा’ ४ कार्तिकमा रिलिज हुने भएको छ । बुधवार साँझ एक कार्यक्रम गर्दै निर्माण युनिट प्रदर्शन मिति घोषणा गरेका हुन् । अव यो मितिमा ‘के घर के डेरा’ सहित ४ फिल्म रिलिज हुने भएको छ । जसमा ‘नालापानी’, ‘दुई नम्बरी’ र ‘प्रसाद २’ समेत रहेका छन् ।
फिल्म ‘के घर के डेरा’ को छायांकन गत सातामात्र सकिएको हो । यो मितिमा आउने भनिएको दीपेन्द्र निर्माता रहेको फिल्म ‘पर स्त्री’ को रिलिज भने सरेको छ । ‘पर स्त्री’ अव १९ फागुनमा रिलिज हुने समेत कार्यक्रममा जानकार दिइयो ।
कार्यक्रममा ‘पर स्त्री’ की निर्माता शर्मिला पाण्डेले जेठो छोरा दीपेन्द्रको फिल्म ‘के घर के डेरा’ का लागि ‘पर स्त्री’ रिलिज सारिको बताइन् । ‘मैले पहिले कार्तिकमा ‘पर स्त्री’ रिलिज डेट घोषणा गरेको थिएँ । तर, नेपाली र हिन्दी भाषामा निर्माण भइरहेकाले निर्धारित मितिमा प्रदर्शन गर्न नसकिने भएपछि दीपेन्द्रको ‘के घर के डेरा’ का लागि मिति छाडेको हुँ’ उनले भनिन् ।
‘पर स्त्री’ सुरज पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतको अभिनय छ । युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्मका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?