शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कस्तुप र देवीले ल्याए मौलिक तीज गीत ‘बरिलै’

शुक्रबार, २४ असार २०७९, १३ : ३६
शुक्रबार, २४ असार २०७९

तीज नजिकिदै गर्दा गायक गायिकालाई अचेल यसकै चटारो छ । उनीहरु नयाँ यतिबेला नयाँ गीत संगीत उत्पादनमा ब्यस्त छन् । यस्तैमा लोकप्रिय गायक कस्तुप पन्तले पनि मौलिक तीज गीत ‘बरिलै’ सार्वजनिक गरेका छन् ।

नयाँ बुहारी घरमा भित्रिएपछि परिवारको परिस्थिति हुने परिवर्तन गीतमा उतारिएको छ । समसामयिक विषयमा मार्मिक रुपले तयार पारिएको गीतको शब्द तथा लय मनु पन्तले तयार पारेकी हुन् । गीतमा स्वर भने कस्तुपले गायिका देवी घर्तीको मिलेर दिएका छन् ।

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसको निर्देशन निरेन श्रेष्ठले गरेका हुन् । भिडियोमा लोमश शर्मा र दिव्या न्यौपानेको अभिनय देख्न सकिन्छ । गीतलाई सारथी म्युजिकले बजारमा ल्याएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप