'सम्राट पृथ्वीराज' फ्लप, मानुषी हिट !
शनिबार, २५ असार २०७९, ११ : ३८

पूर्व मिस वल्र्ड र अभिनेत्री मानुषी छिल्लरले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘सम्राट पृथ्वीराज’बाट बलिउडमा पाइला चालिन् । यो फिल्म गत महिना अर्थात जुन ३ मा रिलिज भयो ।
मानुषीको यो पहिलो फिल्मले बक्सअफिसमा फ्लप साबित भयो । तर, मानुषीका लागि यो फिल्मले राम्रै ढोका खोलिदियो ।
यो फिल्मपछि मानुषीले अन्य दुई फिल्ममा अभिनयको लागि हस्ताक्षर गरिसकेकी छन् । उनको हालैमात्र तेस्रो फिल्ममा आफूलाई अनुबन्धित गरेकी छन् ।
यो फिल्मको सुटिङ युरोपमा हुनेछ । यद्यपि, फिल्मलाई लिएर अन्य विस्तृत जानकारी खुलाइएको छैन । मानुषीले यो फिल्ममा ‘सम्राट पृथ्वीराज’ रिलिजको केही दिनपछि नै हस्ताक्षर गरेकी थिइन् ।
मानुषी चाँडै नै अभिनेता विक्की कौशलका साथ नयाँ फिल्ममा देखिँदैछिन् । यद्यपि, यो फिल्मको आधिकारिक घोषणा गरिएको छैन । फिल्मको निर्माण यशराज फिल्मले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ऊनको स्वीटर’ मेरो टप फाइभ फिल्ममा पर्छ – विपिन कार्की
-
पारिवारिक कारणले होइन, प्रतिबन्धित औषधि सेवनका कारण आइपीएल छाडेर स्वदेश फर्किएका थिए कागिसो राबडा
-
एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक
-
पाकिस्तानले किन डाक्यो राष्ट्रिय सभाको विशेष सत्र ?
-
अस्ट्रेलियामा चुनावको शैली
-
सरकारले समयमा निर्णय नगर्दा प्रश्नको भारी बोक्नुपर्यो ः महामन्त्री थापा