‘वर एण्ड वधू’ को रोमानियाबाट छायांकन सुरु
प्रेम र विवाह विषयबस्तुको रुपमा उठाएर निर्माण हुन लागेको फिल्म ‘वर एण्ड बधू’ को छायांकन शनिबारबाट सुरु भएको छ । फिल्मको छायांकन युरोपको रोमानियादेखि सुरु भएको हो । फिल्म छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तलगायतका कलाकार टोली शुक्रबार रोमानिया पुगेका थिए ।
रोमानियामा नेपाली स्टेज कार्यक्रम आयोजना गर्दै आएको नरेश गिरिले फिल्म रोमानिय छायाँकन ब्यवस्था मिलाएका हुन् । गिरीका अनुसार रोमानियाको मुख्य ठाउँहरु व्रशोभ, कोन्सतान्चा र लासीमा फिल्मको छायांकन हुनेछ । रोमानियमा फिल्म १५ दिन छायाँकन हुने निर्माण युनिटले जनाएको छ ।
मिलन चाम्सले निर्देशन रहने फिल्मका छायांकार सुदीप बराल हुन् । फिल्ममा आँचल, हिमेशको अलवा विवेक कर्माचार्य, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त,किरण केसी, बुद्धि तामाङ, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ ।
नेपाली र हिन्दी भाषामा निर्माण हुने फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको कार्यकारी निर्माता डा. अमित रिजाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण