दोनबासका प्रमुख सहरमा रुसी हमला तीव्र
मङ्गलबार, २८ असार २०७९, ०८ : ०६
रूसी सेनाले दोनबासका प्रमुख शहरहरूमा आफ्नो लडाई तीव्र पारेको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यानडाले मस्कोविरुद्ध प्रतिबन्धहरू कमजोर गरेको आरोप लगाइरहेका बेला रुसले दोनबासका मुख्य सहरलाई पुनः निशाना बनाउन थालेको युक्रेनले जनाएको हो ।
पूर्वी युक्रेनमा रुसी आक्रमणको केन्द्र बिन्दु दोनेत्स्क क्षेत्रको चासिभ यार सहरमा रहेको एक अपार्टमेन्ट भवनमा रुसी गोलाबारीबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
रूसी सेनाले दोस्रो सहर खार्किभको सपिङ सेन्टर र नागरिक आवासलाई लक्षित गरी आक्रमण गरेको क्षेत्रीय प्रमुख ओलेग सिन्येगुबोभले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण