रसुवामा तयारी अवस्थामा राखियो उद्वार जनशक्ति
रसुवामा वर्षायाममा हुनसक्ने सम्भावित विपद्का जोखिमलाई ख्याल गर्दै उद्वार कार्यका लागि तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । विपद्पछि छिटो–छरितो तवरले उद्वार गर्न विपद् प्रतिकार्य निर्देशिका पारित एवं पहिलो पङ्क्तिको दक्ष उद्वार जनशक्ति तयार गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विपद्को अवस्था सिर्जना भएमा पहिलो पङ्क्तिमा काम गर्ने नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसमेतका ६० भन्दा बढी तालिमप्राप्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । तालिमप्राप्त सुरक्षाकर्मीले पहिलो पङ्क्तिमा र अन्य सुरक्षाकर्मीले दोस्रो पङ्क्तिमा काम गर्ने बताइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी कुन निकायलाई कस्तो ठाउँमा परिचालन गर्ने भन्ने प्रमुख जिल्ला अधिकारीमार्फत पूर्वतयारी भइसकेको जनाएको छ । भौगोलिक विकटता एवं वर्षायाममा अधिकांश ग्रामीण सडक बिग्रिएको अवस्थामा समेत उद्वार एवं सुरक्षाका लागि यहाँ कार्यरत सुरक्षाकर्मी छिटोभन्दा छिटो तोकिएको गन्तव्य पुग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
वर्षायाम भर जोखिम क्षेत्रको आसपासमा बसोवास नगर्न, नदी वा खोला किनारमा नजान, विपद्को जोखिम बढ्ने सम्भावना भएमा जिल्ला विपद् व्यवस्थापन समितिलाई सूचना दिई सहयोग गर्न प्रशासनले जिल्लावासीलाई आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण