शिव परियारले गाए ‘चिठी’ को गीत
गायक शिव परियारले फिल्म ‘चिठी’ का लागि गीत गाएका छन् । उनले फिल्मको ‘टुटेको तारा’ बोलको गीत सोमबार साँझ आफ्नो स्वरमा रेकर्ड गराएका हुन् । गीतमा डा. कृष्णहरि बरालको शब्द, गायक एवं संगीतकार सरोज कोइरालाको संगीत र विश्व अधिकारीको संगीत संयोजन छ । गीतको शब्द, संगीत राम्रो लागेकोले आफुले गीत गाएको गायक परियाले बताए ।
‘चिठी’ माधवराज खरेल निर्देशित फिल्म हो । एरा प्रोडक्सनको ब्यानरमा कमला जोशी निर्माता रहेको फिल्ममा सञ्जित भण्डारी, खड्ग बहादुर पुनमगर (खबपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसे, शान्ति प्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु लगायतको अभिनय छ ।
काठमाडौं, काभ्रेपलाञ्चोक, ललितपुर लगायतका जिल्लामा खिचिएको फिल्मको अहिले पोष्ट प्रोडक्सन अन्तिम चरणमा छ । कमेडी जनरामा बनेको फिल्म सस्पेन्स र थ्रिलर बिषयमा निर्माण भएको हो । फिल्मको प्रदर्शन मिति तय हुन बाँकी छ ।
फिल्मलाई राम्रो हुने र आवश्यक पनि देखिएकोले शिव परियारको स्वरमा ‘टुटेको तारा’ गीत रेकर्ड गरेको निर्देशक खरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण