‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ का विजेतालाई २५ लाख पुरस्कार
२५ लाख पुरस्कार राशि रहेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ सुरु भएको छ । केही साता अगाडि सुरु भएको शोमा पाँच वर्षदेखि संगीत साधनामा लागेका गायक गायिका प्रतियोगीको रुपमा रहेका छन् ।
नयाँ प्रतिभालाई भन्दा पनि स्टार प्रतिभाको प्रतिस्पर्धा गराउने उदेश्यले शो सुरु भएको कार्यक्रम निर्देशक रवि श्रेष्ठले बताए ।
३२ एपिसोड निर्माण गर्ने उदेश्यले गत १२ असारबाट सुरु भएको हो । इमेज टेलिभिजनबाट हरेक साताको आइतबार र सोमबार बेलुका प्रसारण हुँदै आएको शोमा अहिले ‘ब्याटल अफ दि स्टार्स’ राउन्ड चलिरहेको छ ।
शोका निर्णायकमा गायक सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र मिलन नेवार रहेका छन् ।
पछिल्लो समय नेपाली टेलिभिजनका पर्दाहरूमा गायनसँग सम्बन्धित धेरै रियालिटी शो हरु प्रशारणमा आइरहेका छन् । तीमध्ये धेरै विदेशी फ्रेञ्चाइज रहेका छन् । यो शो नेपालको मौलिक रियालिटी शो भएको दाबी निर्माण युनिटको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण