‘विकास राणाको गीत यात्रा’ सांगीतिक साँझ सम्पन्न
व्यवसायी विकास जंगबहादुर राणा गायक पनि हुन् । उनले हालै आफ्नो एकल सांगीतिक साँझ ‘विकास राणाको गीत यात्रा’ सम्पन्न गरेका छन् । होटल याक एण्ड यती दरबारमार्गमा आयोजित कार्यक्रममा राणाले ६ गीत मार्फत दर्शक झुमाए । उक्त अवसरमा राणाको एल्बम ‘गीत यात्रा’ सार्वजनिक समेत गरिएको थियो । कार्यक्रममा राणाको एल्बममा समावेश गीतहरुको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो ।

पूर्व प्रधानसेनापति गौरबशमशेर राणा, उद्यमी तथा एनआरएनएका संस्थापक उपेन्द्र महतो, सञ्चार उद्यमी कैलाश सिरोहिया, कलाकारहरु करिश्मा मानन्धर, प्रेमराजा महत, फिल्म निर्देशक नारायण पुरी, शम्भूजित बाँस्कोटा लगायतका कलाकर्मी, सञ्चारकर्मी तथा थुप्रै विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तिहरुको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राणाको युट्युब च्यानल विकाश राणा अफिसियलको पनि सुरुवात गरिएको थियो । च्यानलमा राणाले स्वर दिएका गीत संगीत उपलब्ध हुनेछन् । कार्यक्रममा राणाले आगामि दिनमा आफूलाई गीत संगीतको क्षेत्रमा समर्पण गर्ने सोच रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण