दृष्टिविहिनलाई मोटिभेसन गर्न क्यानेडियन गायिकाले बनाइन् ‘अनोदर वर्ल्ड’
आइतबार, ०१ साउन २०७९, ११ : ५५
क्यानेडियन गायिका गिथिया बर्मनको शब्द, संगीत तथा स्वर रहेको गीत ‘अनोदर वर्ल्ड’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गीत दृष्टि विहिनहरुलाई मोटिभेसनल प्रोजेक्टको रुपमा सार्वजनिक गरिएको हो ।
भिडियोमा नेपाली कलाकार सृष्टि केसी र सुदेव सुरेशको अभिनय छ । भिडियोको निर्देशक गायिका बर्मन आफैंले गरेकी हुन् । आमोश पुठियाटिलको छायाङ्कन रहेको भिडियोको कोरियोग्राफी सदीक ज्याकीले गरेका हुन् ।
गीत सार्वजनिक कार्यक्रममा काठमाडौँ महानगरपालिकाको उप–मेयर सुनिता डंगोल, युरोपियन युनियनका एम्बेसडर नोना, अभिनेता राजेश हमाल, अभिनेत्री मिथिला शर्मा, गायक रामकृष्ण ढकाल, गायिका अन्जु पन्त, अभिनेता प्रशान्त ताम्राकार, अभिनेत्री सुरक्षा पन्त, मिस नेपाल उषा खड्गी लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण