अमेरिका र भारतको महोत्सवमा ‘सहायक श्रीमान्'

नेपालको बहुपति प्रथाको विषयमा निर्माण भएको वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) अमेरिका र भारतको फिल्म फेस्टिभलमा छनौट भएको छ । अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजना हुने आठौं कब इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘को–हजबेण्ड’ छानिएको निर्देशक गणेश पाण्डेले जानकारी दिए ।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन भएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ ।
साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।
त्यस्तै आगामी अगष्ट ३ देखि ६ सम्म भारतको कोलकातामा आयोजना हुने साउथ एसियन सर्ट फिल्म फेस्टिभलमा पनि ‘सहायक श्रीमान्’ छनौट भएको छ । आयोजकका अनुसार फेस्टिभल उद्घाटनकै दिन ‘सहायक श्रीमान्’ प्रदर्शन हुन्छ ।
काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलबाट यात्रा आरम्भ गरेको ‘को–हजबेण्ड’ ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो ।
विश्वका एक दर्जन बढी फिल्म फेस्टिभलमा छनौट भइसकेको ‘को–हजबेण्ड’ ले स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९ औं इन्टरनेशनल फिल्म फेस्टिभल अफ माउन्टेन फिल्मस् पोपराडमा अनरेवल मेन्सन अवार्ड जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेखमा करेन्ट लागेर एक युवकको ज्यान गयो
-
आज शिक्षा समिति बैठक बस्दै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित