शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा राष्ट्रपतिको निर्वाचन : सन्नी देओल गएनन्,  पीपीई किट लगाएर पुगिन् अर्थमन्त्री

मङ्गलबार, ०३ साउन २०७९, ०९ : २३
मङ्गलबार, ०३ साउन २०७९

सोमबार भारतको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा आठ सांसदले मतदान गर्न सकेनन् । राज्यसभा महासचिवका अनुसार भाजपा र शिवसेनाका दुई-दुई सांसद र कंग्रेस, समाजवादी पार्टी, एआईएमआईएम र बसपाका एक-एक सांसद मतदानमा अनुपस्थित थिए ।

मतदान नगर्ने दुई भाजपा​ सांसदहरूमा गुरदासपुरका  सांसद सनी देओल र सञ्जय शामराव धोत्रे समावेश छन्। सन्नी देओल उपचारका लागि विदेशमा छन् भने सञ्जय धोत्रे अस्पतालमा भर्ना छन् ।

बसपाका अतुल सिंह जेलमा रहेका कारण भोट हाल्न सकेनन् । शिवसेनाका गजानन कीर्तिकर, हेमन्त गोडसे र असदुद्दीन ओवैसीका एआईएमआईएमका इम्तियाज जलील मतदान गर्न आएनन्। 

यसै क्रममा कोरोना सङ्क्रमित भएपछि केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमण र आरके सिंह पीपीई किट लगाएर मतदान गर्न संसद् भवन पुगेका थिए । यस निर्वाचनमा जम्मा ४८०० जनाले मतदान गर्ने थिए, जसमध्ये ९९ प्रतिशत अर्थात् ४७९६ जनाले मतदान गरेका छन् । यससँगै ११ राज्य र केन्द्र शासित प्रदेश पुडुचेरीमा विधायकहरूको तर्फबाट शतप्रतिशत मतदान भएको थियो। 

यस चुनावमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले आदिवासी नेता द्रौपदी मुर्मुलाई उम्मेदवार बनाएको छ।  भाजपाका पूर्व नेता यशवन्त सिन्हालाई विपक्षी दलबाट उम्मेदवार बनाइएको छ । नयाँ राष्ट्रपतिको नाम जुलाई २१ गते सार्वजनिक हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप