शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

शिव परियारको नयाँ गीत ‘लेख्छ कस्ले मर्ने मिति’ सार्वजनिक

मङ्गलबार, ०३ साउन २०७९, १५ : ३०
मङ्गलबार, ०३ साउन २०७९

गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कस्ले मर्ने मिति’ बोलको गीत सार्वजनिक भएको छ । प्रिन्स लियोको शब्द रहेको गीतमा नेहर बुढाथोकीको संगीत छ । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन् ।

गीतको भिडियोमा प्रिन्स लियो र बिना राउतको अभिनय देख्न सकिन्छ । पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक  विकृतिले बिछोडिएको परिवारको कथा भिडियोमा देखाइएको छ  । भिडियोमा प्रिन्स र बिनाका अलावा बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको पनि अभिनय छ । 

मिलन विश्वकर्माको सम्पादन रहेको भिडियो प्रकाश खड्काले छायांकन गरेका हुन् । भिडियोका निर्देशक विक्रम चौहान हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप