शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

समानुपातिकतर्फ काठमाडौको मतगणनामा माओवादी भन्दा विवेकशील अगाडि

सोमबार, २५ मङ्सिर २०७४, १६ : ३५
सोमबार, २५ मङ्सिर २०७४

 काठमाडौं– काठमाडौ जिल्लामा समानुपातिक तर्फको मतगणनामा विवेकशील साझा पार्टी तेस्रो नम्बरमा आएको छ ।
 

प्रत्यक्षतर्फ दोस्रो स्थान बनाएको माओवादी समानुपातिकतर्फ जारी मतगणनाका क्रममा भने चौथो स्थानमा पुगेको छ । कुल मतदाता १ लाख ४६ हजार ३४२ रहेको काठमाडौमा हालसम्म ४७ हजार १६७ मत गन्दा कांग्रेस १५ हजार १४ मत ल्याएर अघि छ भने दोस्रोमा एमालेले १२ हजार ४ सय ९२ मत ल्याएको छ । 

त्यसैगरी विवेकशील साझा पार्टीले अहिलेसम्मको मतगानामा ९ हजार ८२५ मत ल्याउदै तेस्रो स्थान बनाएको छ ।

 माओवादी केन्द्रको भने २ हजार आठसय नौ मत मात्र आएको छ । त्यस्तै राप्रपा १४०६, संघीयसमाजवादी फोरम ६८८,नयाँ शक्ति ३७०,नोप राष्ट्रिय पार्टी ३६०,राप्रपा प्रजातान्त्रिक ३१६ र राजपा २६३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप