अमेरिकाद्वारा युक्रेनलाई थप २७० मिलियन डलर सहयोग
शनिबार, ०७ साउन २०७९, ०९ : २०
संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुससँग लड्न थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ । पछिल्लो सहयोग प्याकेजमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ ।
प्याकेजको विवरणमा एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एचआईएमएआरएस) पनि छ । एआईएमएआरएस उन्नत हतियारहरू हुन् जुन अधिक सटीक छन् र अन्य तोप खाना प्रणालीहरू भन्दा लामो दायरा प्रदान गर्दछ।
रुस—युक्रेन युद्ध चर्किरहेका बेला उसले थप २७० मिलियन डलरको सैन्य सहयोग प्रदान गर्न लागेको हो । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले भने, ‘रसियाले देशभर घातक हमलाहरू सुरु गरेको छ । सपिङ मल, अपार्टमेन्ट भवनहरूमा आक्रमण गरी निर्दोष युक्रेनी नागरिकहरूको हत्या गरेको छ । ’
अमेरिकाले युक्रेन सरकार र त्यहाँका जनतालाई सहयोग जारी राख्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण