सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाले अवरोध गरेको आरोप

अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ । सिरियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर उत्तरपूर्वी सिरियामा अमेरिकी सेनाको उपस्थितिको उद्देश्य सिरियाली तेल दोहन, देशको स्थायित्व र सुरक्षा पुनःस्थापनामा अवरोध गर्न भएको आरोप लगाएको हो ।
अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ । एकपक्षीय अमेरिकी प्रतिबन्धले सिरियाली जनताको जीवनलाई जोखिममा पारेको र त्यो सिरियाको वर्तमान र भविष्यका लागि हानिकारक भएको बताएको छ ।
सन् २०१४ मा इस्लामिक स्टेट (आईएस)सँग लड्ने बहानामा अमेरिकी सेना सिरियामा प्रवेश गरेको थियो । सिरियाली सरकारले आफ्नो भूमिबाट अमेरिकी सेना फिर्ता गर्न बारम्बार आह्वान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर