कविता : जिजीविषा
सोमबार, ०९ साउन २०७९, १४ : ४४
बस्ती बस्तीको बीचबाट
कैयौं मनहरुले
तिमीलाई नियालिरहेका छन्
किनकि तिम्रा नयनहरुले
बस्तीको जिजीविषालाई
हेर्न सकिरहेको छैन ।
जहाँ भोक छ
जहाँ गरिबी छ
जहाँ अशिक्षा छ
जहाँ अन्धविश्वास छ,
त्यहाँ तिम्रो नजर छैन
केवल तिमी
आफ्नो जिजीविषालाई हेरिरहेका छौं ।
जुन जिजीविषामा
गरिबले खान पाउँदैन
निमुखाले बाँच्न पाउँदैन
अशिक्षितले शिक्षा लिन पाउँदैन
तिमी नपुंसक छौ
तिम्रो जिजीविषामा
समानता छैन
विविधता छैन
इमान्दारिता छैन
सदाचारिता छैन,
छ त केवल
समताको नारा छ
यहाँ नाराले खाना दिंदैन
तर तिमी
नाराको पछि छौ
विभेद यही छ
तिम्रो र मेरो जिजीविषामा ।
–भोजपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण