आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : जिजीविषा

सोमबार, ०९ साउन २०७९, १४ : ४४
सोमबार, ०९ साउन २०७९

बस्ती बस्तीको बीचबाट
कैयौं मनहरुले  
तिमीलाई नियालिरहेका छन् 
किनकि तिम्रा नयनहरुले 
बस्तीको जिजीविषालाई 
हेर्न सकिरहेको छैन । 

जहाँ भोक छ 
जहाँ गरिबी छ 
जहाँ अशिक्षा छ 
जहाँ अन्धविश्वास छ, 
त्यहाँ तिम्रो नजर छैन
केवल तिमी 
आफ्नो जिजीविषालाई हेरिरहेका छौं । 
जुन जिजीविषामा 
गरिबले खान पाउँदैन
निमुखाले बाँच्न पाउँदैन
अशिक्षितले शिक्षा लिन पाउँदैन

तिमी नपुंसक छौ 
तिम्रो जिजीविषामा
समानता छैन
विविधता छैन
इमान्दारिता छैन
सदाचारिता छैन, 
छ त केवल 
समताको नारा छ 
यहाँ नाराले खाना दिंदैन
तर तिमी
नाराको पछि छौ 
विभेद यही छ 
तिम्रो र मेरो जिजीविषामा ।     

–भोजपुर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मणिकुमार श्रेष्ठ ‘सिजन’
मणिकुमार श्रेष्ठ ‘सिजन’
लेखकबाट थप