शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि क्षेत्रमा युवाले लगानी गर्नुपर्छ : महेश बस्नेत

सोमबार, ०९ साउन २०७९, १८ : ५७
सोमबार, ०९ साउन २०७९

नेकपा (एमाले) का नेता तथा सांसद महेश बस्नेतले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने बताएका छन् । सोमबार भक्तपुरको सूर्यविनायकमा बीउ, बिजन विषादी सम्बन्धी ठूलो एग्रोभेट उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले कृषि क्षेत्रमा शिक्षित र युवा पुस्ताहरूले लगानी गर्नुपर्ने बताएका हुन् ।

उनले युवापुस्ता र नयाँ उद्यमीहरुले लगानी नगरेसम्म कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न नसक्ने बताए । कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नु आवश्यक रहेको उनको भनाइ छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ७० प्रतिशत पु¥याउनुपर्ने उनले बताए ।

उनले कालिमाटीको तरकारी बजार बिस्थापन गर्ने पूर्ववर्ती सरकारको निर्णय हालसम्म कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले कालिमाटीको तरकारी बजारलाई यथास्थितिमा राख्नका लागि चलखेल भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप