अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै
बिहीबार, १२ साउन २०७९, ०६ : २६
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने भएका छन् । लु साँझ नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने बताइएको छ । नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही समयपछि लू नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण