खेरसन पुनः फिर्ता गर्न युक्रेनले थाल्यो आक्रामक कदम
रुसले कब्जा गरेको खेरसन क्षेत्रलाई पुनः फिर्ता लिने युक्रेनको अभियानले तीब्रता पाएको पश्चिमी सैन्य स्रोतहरूले बताएका छन् । युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको लामो दुरीका रकेटले प्रहार गरेपछि खेरसन सहरको एउटा प्रमुख पुल अहिले काम नलाग्ने भएको छ ।
यसको मतलब हजारौं रुसी सेनाहरू अब कब्जा गरिएको क्षेत्रको बाँकी भागबाट अलग हुने जोखिममा छन् । रणनीतिक रूपमा डिनिप्रो नदीको पश्चिममा अवस्थित यो शहर युद्धमा पहिलो पटक मस्कोको सेनाले कब्जा गरेको थियो ।
युक्रेनी सेनाले मंगलबार हिमर्स आर्टिलरी रकेट प्रणाली प्रयोग गरेर खेरसनको एन्टोनिभस्की पुलमा गोली हानेका छन् । अब रुसी सेना उक्त पुल पार गर्न नसक्ने अवस्थामा रहेको बताइएको छ । आधा माइल लामो पुलको केवल छरिएका भग्नावशेष मात्र बाँकी छ ।
मस्कोले अब अधिकतम संख्यामा खेरसन दिशामा सेना सार्दै गरेको युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का सचिव ओलेक्सी डानिलोभले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण