झापामा अति भारी वर्षा, बाढीबाट बच्न महाशाखाको आग्रह
शुक्रबार, १३ साउन २०७९, ०६ : २८
झापाका विभिन्न स्थानमा गए रातीदेखि भारी वर्षा भएको छ । जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको हो ।
बाढी पूर्वानुमान महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको जनाएको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले यी स्थानमा पनि सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षी दलको अवरोधका बीच प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु
-
प्रतिनिधिसभा बैठक पुनः सुरु
-
संसदमा कांग्रेसको अवरोधका बिच विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
-
रविबारे कांग्रेसको निष्कर्ष : अरूलाई देखाएर आफूमाथिको अनुसन्धान र छानबिनबाट भाग्ने प्रयत्न
-
को हुन् हेलिकप्टर दुर्घटनामा मृत्यु भएका इब्राहिम रईसी ?
-
कांग्रेसको अवरोधले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम अनिश्चित