‘जनहित मे जारी’ले तोड्यो ‘आरआरआर’को रेकर्ड
करिब डेढ महिना अघि थिएटरमा रिलिज भएर चार करोड रुपैयाँमात्र बक्स अफिस व्यापार गरेको फिल्म ‘जनहित मे जारी’ले ओटीटीमा रेकर्ड कायम गरिरहेको छ । पुरुषलाई सुरक्षित यौन सम्बन्धका लागि कन्डम प्रयोग गर्नुपर्ने सन्देश दिने फिल्मलाई हेर्न दर्शक भलै फिल्म हलमा त गएनन्, तर घरमै बसेर ओटीटीमा फिल्म हेर्नेको संख्या ह्वात्तै बढेको छ ।
नुसरत भरुचा स्टारर यो फिल्मले यो वर्ष फिल्म हलमा नयाँ रेकर्ड बनाउने ‘द कश्मीर फाइल्स’ र ‘आरआरआर’ जस्ता फिल्मको रेकर्ड पनि तोडिदिएको छ । यो फिल्मले पहिलो सप्ताहमा कंगना रनावतको फिल्म ‘धाकड’ भन्दा पनि २२ प्रतिशतले बढी कमाई गरेको थियो ।
ओटीटीमा फिल्म जी५मा रिलिज भएको छ । यो फिल्मले ‘धाकड’को तुलनामा सय मिलियन स्ट्रीमिङ मिनिट्सको रेकर्ड धेरै अगाडि छोइसकेको थियो । अब यो फिल्म यो वर्ष हालसम्म जी५ मा सबैभन्दा बढी हेरिने फिल्मको रेकर्ड राखेको छ ।
फिल्म ‘आरआरआर’ जी ५ मा हिन्दीका अलावा अन्य चार भाषामा रिलिज भएको थियो र यो फिल्मलाई हालसम्म एक हजार मिलियन मिनेटमा हेरिएको छ ।
तर ‘जनहित मे जारी’ ले यो आँकडा छोएर सबैलाई चकित बनाएको छ । फिल्म ‘आरआरआर’ले २२ दिनमा हजार मिलियन मिनेटको भ्यू रेकर्ड बनाउँदा ‘जनहित मे जारी’ले १३ दिनमै ‘आरआरआर’को रेकर्ड तोडेको हो ।
फिल्मले एक कन्डम बेच्ने कम्पनीमा काम गर्ने युवतीको कथा बोल्छ । उनको काममा कैयौं मानिसले प्रश्न उठाए पनि उनी भने मानिसलाई सुरक्षित यौन सम्बन्धका लागि जागरुक बनाउने अभियानमा सक्रिय रहन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण