फ्राइडे रिलिज : देशभर ‘पानीफोटो’, खगेन्द्रको अग्निपरीक्षा

अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म प्रदर्शनमा आएको हो । निर्माण, अभिनय र लेखनमा आफूलाई प्रमाणित गरिसकेका खगेन्द्रको निर्देशनमा यो डेब्यु फिल्म हो । फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो ।
माओवादी जनयुद्धको पृष्ठभूमिमा निर्माण भएको फिल्मले बेपत्ता छोराको खोजीमा रहेको एक दम्पतीको कथा भन्छ । मल्टीप्लेक्समा सिमित शो पाएको फिल्मले सिंगल थिएटर भने राम्रो शो पाएको छ । मल्टीप्लेक्सहरुमा बुधबारबाट फिल्मको एडभान्स बुकिङ खोलिए पनि उत्साहजनक बुकिङ भने हुन सकेन ।
लेखन र अभिनयबाट लामिछानेले पाएको चर्चाको कारण फिल्म प्रति दर्शकको उच्च अपेक्षा छ । तर मल्टीप्लेक्समै आजबाट दुई हिन्दी फिल्म ‘एक भिलेन रिर्टन्स’ र ‘विक्रान्त रोना’ प्रदर्शनमा आएको छ । यी दुबै फिल्म ‘पानी फोटो’ का लागि चुनौती हुन सक्छ ।
फिल्ममा खगेन्द्र आफै मुख्य भुमिकामा देखिएका छन् । उनको अलवा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको अभिनय छ । फिल्मको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य हुन् ।
फिल्मको शुक्रबार प्रेस शो समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयक: उपसमितिको म्याद १० दिन थप
-
राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा
-
शेखरले फेरि भने – सरकार सञ्चालनका लागि दुई दलीय संयन्त्र आवश्यक छैन
-
सरकार, किसानको हात समाउने कि दलालको ?
-
खातावालाको नाम बदली सरकारी रकम खाएको आरोप लागेका तीन जनाविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
-
सरकारको नीति तथा कार्यक्रममाथि प्रचण्डको टिप्पणी: संसदमा के–के भने ? (पूर्णपाठ)