रणवीर-श्रद्धा अभिनित चलचित्रको सेटमा आगलागी, एक जनाको मृत्यु
शनिबार, १४ साउन २०७९, १२ : २०

रणवीर कपुर र श्रद्धा कपुर अभिनित एक चलचित्रको सुटिङ सेटमा शुक्रबार साँझ भयानक आगलागी भएको छ । आगलागीमा परि ३२ वर्षीय एक युवकको मृत्यु भएको कुपर अस्पतालका डा सदाफुलेले बताए । घटनामा एक जना घाइते भएका छन् ।
मुम्बईको अंधेरी वेस्ट इलाकामा तयार पारिएको सेटमा शुक्रबार सुटिङ भइरहेको थियो । साँझ ४:३० बजे अचानक सेटमा आगलागी भएको थियो ।
नाम तय भइनसकेको यो चलचित्रमा रणवीर र श्रद्धाले चाँडै सुटिङ गर्ने तयारीमा थिए । आगलागीका कारण सेटमा पूर्ण क्षति पुगेकाले चलचित्रको छायांकन अनिश्चित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सञ्चालनमा
-
मनसुन विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन
-
आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग
-
७ जना डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए
-
गौशालाबाट हुण्डीको ९५ लाख बरामद
-
सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका प्रचण्डले सांसदहरूलाई बोलाए खुमलटार