बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एनआईबीएल एस क्यापिटलले दस वर्ष पूरा गरेको अवसरमा सेवामा छुट

आइतबार, १५ साउन २०७९, ११ : ११
आइतबार, १५ साउन २०७९

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको दस पूरा भएको छ । 

आफ्नो १० वर्षे सफल कार्यकालमा यस क्यापिटलले १८८ कम्पनीको आईपीओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ । यस क्यापिटल​ हाल ५१ कम्पनीको शेयर रजिस्ट्रारको रुपमासमेत कार्यरत छ ।

क्यापिटल​, योजना व्यवस्थापक रही “एनआईबिएल म्युचुअल फण्ड“अन्र्तगत तीनवटा बन्द मुखी र एक खुला मुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । जसमध्ये एनआईबिएल समृद्धि फण्ड–१ परिपक्व भई आफ्नो इकाई धनीहरुलाई रकम समेत फिर्ता गरिसकेको छ ।  साथै नयाँ बन्द मुखी योजना नेपाल धितोपत्र बोर्डमा पेश भई प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।

कम्पनीले ७०० भन्दा बढि लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवा अन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीले ३ लाख ग्राहकलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकलाई मेरो शेयर सेवा समेत प्रदान गर्दै आइरहेको छ । 

१० वर्ष पूरा गरेको अवसरमा यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै ग्राहकलाई लक्षित गरी डिम्याटको वार्षिक नवीकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष नि:शुल्क नवीकरण गर्ने योजना अघि सारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप